• Monday 19th of October 2026

एमालेलाई पनि सहभागी गराउनेबारे छलफल, ओलीसँग कुरा गर्ने जिम्मा प्रचण्डलाई


  • धनकुटा खबर
  • .

काठमाडौं । चार दल सम्मिलित समाजवादी मोर्चाको सत्ता गठबन्धन परिवर्तन भएपछिको अवस्थाबारे छलफल भएको छ। शुक्रवार बालुवाटारमा बसेको मोर्चाको बैठकले थप विस्तार र प्रभावकारी बनाउँदै अघि बढ्ने निर्णय गरेको छ।

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालका अनुसार एमालेसहित अन्य वाम शक्तिहरूलाई पनि आबद्ध गराउनेबारे निर्णय भएका छ।

उनले भनिन्, ‘मोर्चामा एमालेलाई पनि भित्र्याउन अध्यक्ष केपी ओलीसँग छलफल गर्नको लागि अध्यक्षज्यूलाई जिम्मा दिइएको छ। उहाँसहित अन्य शीर्ष नेताहरूले एमालेसँग छलफल गरेपछि निष्कर्षमा पुग्छ।’

हिजो ओलीसँग मोर्चाका संयोजक नेत्रविक्रम चन्दले बालुवाटार पुगेर भेट गरेका थिए। बालुवाटारमा ओलीको सकारात्मक जवाफबारे आजको बैठकमा विप्लवले जानकारी गराएका थिए।

मोर्चाको आगामी कार्यक्रमहरू केही दिनमा ठोस गरेर लैजाने सहमति भएको छ। मोर्चाले सरकारलाई प्रभावकारी बनाउन सुझाव दिँदै भ्रष्टाचार, अनियमितता, लघुवित्त र सहकारी ठगीलगायतका विकृतिहरू रोक्नको लागि आवश्यक कदम चाल्नेबारे पनि छलफल भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖