• Monday 19th of October 2026

ड्यानी अल्भेसपछि रोबिन्हो पनि बलात्कार मुद्दामा दोषी


  • धनकुटा खबर
  • .

काठमाडौँ : पछिल्लो पटक ब्राजिलका स्टार खेलाडीहरूमाथि बलात्कारसम्बन्धी मुद्दाले पछ्याउन थालेको छ। ब्राजिल र बार्सिलोनाका चर्चित फुटबलर ड्यानी अल्भेसलाई बलात्कार मुद्दामा साढे ४ वर्षको कैद सजाय भएलगत्तै त्यस्तै मुद्दामा रोबिन्हो पक्राउ परेका छन्।

बलात्कार आरोपमा दोषी ठहर भएपछि ब्राजिलका चर्चित फुटबलर रोबिन्होलाई प्रहरीले पक्राउ गरेको हो। ४० वर्षीय रोबिन्होलाई ब्राजिलको सान्तोषस्थित घरबाट पक्राउ गरिएको हो।

अल्भेस बलात्कारसम्बन्धी मुद्दामा स्पेनी जेलमा रहेका बेला रोबिन्होलाई उनको देश ब्राजिलमै पक्राउ गरिएको हो। बलात्कार मुद्दा लागेका रोबिन्होलाई ९ वर्ष लामो कैद सजाय भएको छ। ब्राजिलको गैरसंवैधानिक मुद्दाको लागि उच्च अदालतले इटालीको अदालतले गरेको निर्णयलाई वैध भएको ठहर गरेको हो।

सन् २०१७ मा इटालीको मिलानको अदालतले रोबिन्हो र अन्य पाँच ब्राजिलियनलाई सन् २०१३ मा डिस्कोमा अत्यधिक मदिरा पिलाएर एक महिलामाथि सामूहिक बलात्कार गरेकोमा दोषी पाएको थियो। सन् २०२० मा पुनरावेदन अदालतले उक्त सजायलाई सदर गरेको थियो। सन् २०२२ मा इटालीको सर्वोच्च अदालतले पनि त्यसलाई मान्यता दिएको थियो।

एसी मिलान, रियल मड्रिड र म्यान्चेस्टर सिटीका लागि खेलिसकेका रोबिन्हो पछिल्लो समय ब्राजिलमै बस्दै आएका थिए। उता उनले आरोप झुटो रहेको दाबी गर्दै आएका छन्। उनका वकिल जोश एडुआर्डो अल्कमिनले ब्राजिलमा उक्त मुद्दालाई पुनःपरीक्षण गरिने बताएका छन्।

सन् २०१३ मा इटालीको मिलानस्थित एक रात्रि क्लबमा अल्बानियन महिलामाथि भएको सामूहिक बलात्कारमा उनी दोषी ठहर भएका हुन्। रोबिन्होलाई यो मुद्दामा २ वर्षअगाडि पनि सजाय तोकिएको थियो। रोबिन्होलाई झिकाउन नसकिपछि इटाली सरकारले ब्राजिलको जेलमै राख्न त्यहाँस्थित सरकारलाई भनेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖