• Monday 19th of October 2026

सहकारी ठगी प्रकरणमा जोडिएका गृहमन्त्री लामिछानेको बचाउमा प्रधानमन्त्री स्वयं लाग्नु लज्जाजनक छः भीम रावल


  • धनकुटा खबर
  • .

काठमाडौं, १० चैत । नेकपा (एमाले) का नेता डा. भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रवि लामिछानेको बचाउमा उत्रिएको भन्दै आपत्ति जनाएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री प्रचण्डले गृहमन्त्री लामिछानेको बचाउ गरेको बताएका हुन् । गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा बचाउन प्रचण्ड आफैं न्यायाधीश बन्न खोजेको उनको टिप्पणी छ ।

‘यदि पूर्वाग्रहरहित कुरा गर्ने हो भने, यो देशको हितमा केन्द्रीत हुने हो भने, राजनीतिलाई नैतिकता, आदर्श र सिद्धान्तको बाटोमा हिँडाउने हो भने गृह मन्त्रालयमा बस्ने व्यक्तिले दुईवटा नागरिकता, दुईवटा राहदानी, सहकारीबारे यत्रो विषय उठ्दा त्यो केही पनि होईन, त्यसमा प्रमाण भेटिएन, त्यसमा प्रहरीले केही देखेन भनेर प्रधानमन्त्रीले बोल्ने कुरा लज्जाजनक छ । त्यो सम्बन्धित निकायले अनुसन्धान गर्ला, अनि प्रधानमन्त्रीले प्रमाण छैन भनेर कसरी थाहा पाउनुभयो ? उहाँ अनुसन्धान गर्ने निकाय हो,’– उनले भने ।

साथै, वर्तमान सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रममा देशको सार्वभौहीत विपरीत रहेको उनको आरोप छ । नागरिकता लगायतका विषयमा सरकारको न्यूनतम् साझा कार्यक्रममा गम्भीर त्रुटी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖