काठमाडौं । नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्टन्टबाजी गरेर भ्रम सिर्जना गर्ने काम बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शनिबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित होली मिलन कार्यक्रममा उनले सरकारले जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
सत्य, न्याय र गरिबका पक्षमा गणतन्त्रलाई संस्थागत गर्दै दिगो विकासको बाटोमा अघि बढ्न उनले आह्वान गरे । उनले अहिले मुलुकको व्यवस्थामाथि नै चुनौती बढेको उल्लेख गरे । व्यवस्था बलियो बनाउन चाडपर्वले सकारात्मक ऊर्जा दिने उनले विश्वास व्यक्त गरे ।
बानियाँले कांग्रेसभित्रको गुटउपगुटलाई अन्त्य गर्दै पार्टीको नीतिमा रहेर एकजुट भई अघि बढ्नुपर्ने बताए । हिमालयन टेली भ्वाइस
