• Tuesday 20th of October 2026

मोरङमा बुवाले छोरालाई गरे धारिलो हतियार प्रहार


  • धनकुटा खबर
  • .

मोरङ / मोरङको रंगेली नगरपालिका-९ स्थित सखुवाथान बस्ने २६ बर्षीय बासुदेव ऋषीदेव घाइते भएका छन्।
उनलाई आफ्नै बुवा गंगे ऋषीदेवले मादक पदार्थ सेवन गरेर घरेलु हतियारले प्रहार गरेर छोरालाई सख्त घाइते बनाएका हुन्।

गएरात करिब ८ बजे सामान्य घरेलु बादविबाद भएपछि बुबा गंगेले छोरा बासुदेवलाई घरेलु धारिलो हतियार दाउ प्रयोग गर्दा छोराको टाँउको मा गहिरो चोट लागेपछि तत्काल दोहमना प्रहरी चौकीका टोलीले धारीलो हतियार प्रहार गर्ने बुवा गंगे र निजले प्रयोग गरेको घरेलु हतियार “दाउ” प्रहरीले बरामद गरेको छ।

बुवाको आक्रमण पश्चात छोरा बासुदेवो स्थानीय रंगेली अस्पतालमा उपचार भईरहेको छ भने उनका बुबालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖