• Tuesday 20th of October 2026

होली मनाएर एमाले सचिवालय बैठक सुरु


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका नेताहरुले होली मनाएका छन् । नेताहरुले पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नुअघि एक अर्कामा रङ दलेर खुशी साटासाट गरेका हुन् । पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

बैठकअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन् ।

सँगै पार्टीको सचिवालय बैठक पनि सुरु भएको छ । बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖