• Tuesday 20th of October 2026

भेटियो पुरुषको शव,टाउको एकातिर, शरिर अर्कोतिर..


  • धनकुटा खबर
  • .

उदयपुर – जिल्लाको कटारी नगरपालिका ५ छाउरी खोला नजिक एक पुरुषको शव फेला परेको छ। भुल्के स्थित छाउरी खोला छेउमा नाम, थर, वतन नखुलेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

शव खोला किनाराको घारीमा टाउको एका तिर अर्को तर्फ शरीरको तल्लो भाग भेटिएको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख (डिएसपी) सुबास राईले बताए ।

स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि इलाका प्रहरी कार्यालय कटारीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा प्रहरीले घटनास्थलमा पुगी प्रारम्भिक अनुसन्धान गरी शवलाई पोष्टमार्टमको लागि कटारी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖