• Saturday 17th of October 2026

ब्वाइफ्रेण्डले गोप्य भिडियो सार्वजनिक गरेपछि आत्महत्या, यस्तो छ सूसाइड नोट


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–२ कफलकोटकी १७ वर्षीया पशुपती महरालाई एक युवकले आत्माहत्या गर्न बाध्य बनाएको आफन्तले आरोप लगाएका छन् ।

डोटीका प्रकाश बलायरले पशुपतीलाई सामाजिक सञ्जालबाट साथी बनाएको र ललाईफकाई सम्बेदनशील अंग देखाउन लगाई भिडियो सामाजिक सञ्जालका ग्रुपहरुमा शेयर गरेपछी आत्महत्या गर्न बाध्य तुल्याएको आफन्तको भनाइ छ ।

प्रहरीलाई सबै जानकारी दिइसकिएको आफन्त समेत रहेका निवर्तमान वडा अध्यक्ष दल बहादुर महराले बताए । सामाजिक सञ्जालमा सेयर भएका तस्बिरहरु समेत आफन्तले फेला पारेका छन् । उक्त तस्बिर सहितका विवरणहरु समेत प्रहरीलाई बुझाइएको छ ।

किशोरीको कोठामा ‘सूसाइड नोट’ फेला परेको छ । उक्त नोटमा आत्महत्याको बाटो रोज्नुको कारण खुलाएकी छैनन् ।

सूसाइड नोटमा परिवार र इष्टमित्रहरुसँग क्षमा मागेकी छन् । आमा बुवाको स्वास्थ्यमा ख्याल गर्न भनेकी छन् भने भाईको गायक बन्ने सपना पुरा होस भन्ने कामना गरेकी छन् । दुई पेज लामो नोटमा उनले आफु यो कारणले आत्महत्या गर्न लागेको भन्ने विषय खुलाएकी छैनन् ।

(सरी ममी, पापा, भाई तपाईहरुको सपना पूरागर्न सकिन, अर्काेजुनी तिम्रै दिदी भएर आउनेछु, बुवा आमाको राम्रोसँग ख्याल राख्नु र मेरो दादा रक्सी नखानु, भाउजुलाई धेरै माया गर्नु, भाईको गायक बन्ने सपना थियो, यो सपना पूरा होस् भगवान, पृय साथीहरु र इस्टमित्र सबैलाई सम्झेकी छु, ….

लभ यू मम,
लभ यू पापा,
लभ यू भाई,
लभ यू दिदी,
बाबा बिरामी हुनुहुन्छ, ख्याल गर्नुहोला, सबैलाई सम्झेको छु लभ यू अल….)

सूसाइड नोटमा मृत्युवरण गर्नुको कारण नखुलाएपनि आफन्त र परिवारका सदस्यहरुको भनाइ अनुसार बलायरलेनै सामाजिक सञ्जालमा सम्बेदनशील अंग देखाएको भिडियो सार्वजनिक गरेपछि यो घटना भएको दावी छ । युवा समाजसेवी भोजराज जोशी भन्छन्,“केटाकेटीको प्रेम सम्वन्धका बिषयमा केटिको परिवारले थाहा पाएपछि मोबाइला खोसेको र केहि संग कुरा हुन नसक्दा केटाले भिडियो सार्वजनिक गरेको भन्ने सुन्नमा आएको छ ।”

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि आत्महत्या गरेको भनिएपनि आत्महत्या दुरुत्साहनमा भने मुद्धा परेको छैन् । तर मृतकका परिवारले सबै प्रमाणहरु प्रहरीलाई पेश गरेर सत्यतथ्य छानवीन गरि दोसी उपर कारवाहीको माग गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖