• Saturday 17th of October 2026

६ जना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

पाल्पा, रामपुर नगरपालिका-४ हातेमालो चोक बस्ने ५९ वर्षीय नर बहादुर सोती निस्दी गाउँपालिका-३ कुन्दर खोलाको बगरको छेउमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, सोलुदुधकुण्ड नगरपालिका-५ डासी बस्ने निमा तामाङको छोरा १६ वर्षीय बहादुर तामाङ सोअ ठाउँस्थित सोलु खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, मेचिनगर नगरपालिका-१० नागाडुब्वा पुल नजिक हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

सुनसरी, कोशी गाउँपालिका-१ लौकहीस्थित लौकही बजारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, टीकापुर नगरपालिका-४ इन्द्रैयास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाही, बाग्मती नगरपालिका-१ हिरेडाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन्

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖