• Saturday 17th of October 2026

कास्कीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु


  • धनकुटा खबर
  • .

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबार जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

अन्नपूर्ण–४, भदौरे देउरालीनजिक थामडाँडा घुम्तीमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको जीप दुर्घटना भएको हो ।

ग१ज ५५४७ नम्बरको जीप सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण शर्माका अनुसार, जीपमा सवार १० जनाको जीवितै उद्धार गरिएको छ ।

मृतकको पहिचान खुल्न बाँकी छ । जीपमा थप व्यक्ति पनि हुन सक्ने आशंकासहित खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖