• Saturday 17th of October 2026

सुशील कोइराला क्यान्सर अस्पतालमा आगलागी


  • धनकुटा खबर
  • .

बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आइतवार दिउँसो आगलागी भएको छ ।

अस्पतालको रोडियोलोजी विभाग अन्तर्गत सिटी स्क्यान सेन्टरबाट शुरु भएको आगलागी रोडियोलोजी विभाग हुँदै फैलिएको छ ।

आगलागी नियन्त्रणको लागि नेपालगन्ज उपमहानगर पालिकाको दमकलले निभाउने प्रयास गरिएको बाँकेका प्रहरी प्रमुख सुभासचन्द्र बोहोराले जानकारी दिए ।

आगो नियन्त्रणको काम भइरहेको उनले बताए ।

आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖