टोकियो । जापानको राजधानी टोकियोमा बुधवार बिहान भएको मोटरसाइकल दुर्घटनामा परि एक नेपाली युवाको निधन भएको छ। मोटरसाइकल दुर्घटनामा परि अर्का एक नेपाली घाइते भएका छन । जापान समाचारका अनुसार गत मार्च २७ का दिन बिहान भएको दुर्घटनामा परि चालक अमित श्रेष्ठको निधन भएको हो।
मोटरसाइकलमा कोठामा फर्कनेक्रममा बिपरित दिशाबाट आईरहेको ट्याक्सिसँग ठोक्किएर दुर्घटना भएको स्रातले जनाएको छ । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार अर्का एक नेपाली युवापनि घाइते भएका छन । हाल उपचाररत उनको अवस्था खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन। बिद्यार्थी भिसामा जापान गएका श्रेष्ठले हाल रोजगार भिसा परिवर्तन गरेका थिए ।
मोटरसाइकललाई ठक्करदिने कारका चालकले आफुले गल्ति गरेको स्विकार गरेको बताइएको छ। प्रहरिले हाल घटनाको बिषयमा अनुसन्धान गरिरहेको छ। दुर्घघटनाको विषयमा नेपालस्थित परिवारले जाकारी पाएपछि हाल श्रेष्ठको शव नेपाल ल्याउने कि जापानमै दाहसंस्कार गर्ने भन्ने टुँगो लाग्न बाकी छ ।
कमाउन विदेश गएको छोराको शब ल्याउन पनि कठिन रहेको र उतै गर्न पनि केहि प्रक्रिया थाहा नभएकोले परिवार दोधारमा रहेको भन्दै यसमा सहजिकरणका लागि आफन्त विकल श्रेष्ठले जापानस्थित नेपाली दूतावास तथा जापानवासी सम्पूर्ण नेपालीहरुलाई आग्रह समेत गरेका छन् ।
