• Saturday 17th of October 2026

एक्कासी यति धेरै बढ्यो सुनको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ – अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

यो समाचार तयार पार्दासम्म विगत २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस २४.६० डलरले वृद्धि भएको छ ।

यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार २५७.६० डलर पुगेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.१३ डलरले बढ्दै प्रतिऔंस २५.७ डलर कायम भएको छ ।

नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖