• Saturday 17th of October 2026

ढोका थुनेर झगडा गरिरहेका दम्पतिलाई प्रहरीले पुर्यायो अस्पताल, अवस्था चिन्ताजनक


  • धनकुटा खबर
  • .

बाँकेमा ढोका थुनेर झगडा गरिरहेका एक दम्पतीलाई प्रहरीले गम्भीर अवस्थामा फेला परेको छ।

उनीहरुलाई ढोको फोडेर प्रहरीले अस्पताल लगेको र दुवैको अवस्था चिन्ताजनक रहेको बाँके प्रहरीले जानकारी दिएको छ।

खजुरा गाउँपालिका– ३ का २९ वर्षीय महेन्द्र रावत र उनकी २७ वर्षीया पत्नि गम्भीर अवस्थामा फेला परेका हुन्।

आफ्नै घरको कोठाभित्र भेटिएका उनीहरुको घाँटीमा गहिरो चोट लागेको छ। घटनास्थलमा धारिलो हतियार दाउ फेला परेको छ।

उनीहरूको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ। दुबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान पनि प्रहरीले थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖