• Saturday 17th of October 2026

गोकर्णेश्वरमा टहरोमा आगलागी, एक जना वृद्धको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका-७ शिवचोकस्थित निला गुरुङको टहरोमा सोमबार बिहान आगलागी हुँदा एक जना वृद्धको जलेर मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-५ घर भएका ७० वर्षीय भरत तिमल्सिनाको मृत्यु भएको हो ।

टहरोमा धुवाँ आएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई जलेर मृत्यु भएको अवस्थामा फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖