• Saturday 17th of October 2026

मागी विवाह भनेको केहो ? मागी बिवाह गर्दा यी ५ कुराहरुमा ध्यान दिनुहोस्


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाललाई संस्कार र सभ्यताको देश भनिन्छ । यहाँको परम्परा र रीतिरिवाजको आफ्नै पहिचान छ । बिवाह पनि यहाँ फरक फरक परम्परा र संस्कृति अनुसार हुन्छ, चाहे त्यो प्रेम बिवाह होस् वा मागी बिवाह । यति तपाइँले आफ्नो जीवनसाथी छान्नुभएको छ भने ठिकै छ ।

यदि छैन भने घरका अन्य सदस्यहरुले तपाइँको लागि जीवनसाथी छान्ने काम गर्नुहुन्छ । यदि तपाइँहरु मागी बिवाह गर्न गइरहनु भएको छ भने बिशेषतः यी ५ कुराहरुमा ध्यान दिनुपर्छ ।

१. समय निर्धारणः जब तपाइँको परिवारले तपाइँको बिवाहको बारेमा कसैसँग कुरा गर्नुभएको छ भने तुरुन्त बिवाह नगर्नुस् । बिवाह भन्दा पहिला हुनेवाला जीवनसाथीसँग केहि समय बिताउनुहोस् । यसबाट एकअर्कालाई बुझ्न सजिलो हुन्छ ।

२. केहि नलुकाउनुस्ः बिवाह भन्दा पहिला कसैसँग प्रेमसम्बन्धमा भएमा त्यसको बारेमा सबै साँचो कुराहरु भन्नुहोस् । यसबाट तपाइँको आउने जीवनको सम्बन्धमा सुधार ल्याउनुको साथै जीवनसाथीलाई तपाइँप्रतिको विश्वास पनि बढ्छ ।

३. आर्थिक साझेदारीः बिवाहभन्दा पहिला आफ्नो र जीवनसाथीको कमाईको बारेमा पनि एकअर्कालाई जानकारी गराउनु जरुरी हुन्छ । यसबाट सम्बन्धमा समझदारी बढ्छ ।

४. परिवारिक कुराः जोसँग बिवाह गर्न लागेको छ उसको परिवारसँग पनि समय बिताउनु जरुरी छ । बिवाहले दुई परिवारलाई आपसमा जोड्ने काम गर्छ । यसकारण एकअर्काको परिवारसँग पनि समय बिताउनु जरुरी हुन्छ ।

५. इच्छा चाहनाः बिवाह भन्दा पहिलानै आफ्नो हुनेवाला जीवनसाथीलाई मनका कुराहरु सबै भन्नुहोस् । हुनेवाला जीवनसाथीलाई बिवाहपछिको आफ्नो चाहनाको बारेमा पनि जानकारी गराउनुहोस् । केहि नयाँ काम गर्न चाहेको भएपनि आफ्नो पार्टनरलाई सबैकुरा भन्नुहोस् ।

मागी विवाह भनेको केटा पक्षको परिवारले केटी पक्षको घरमा गएर विवाहको लागि कुराकानी गरेेर दुवै पक्ष तिर सहमत भई विवाहको लागि तयारी गर्नु हो। यो चलनको विवाह नेपाली समाजमा अन्य किसिमका विवाहहरू भन्दा बढी प्रचलनमा रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖