• Saturday 17th of October 2026

कारागारबाट छुटेकै दिन चोरी गर्ने चन्द पक्राउ


  • धनकुटा खबर
  • .

डडेल्धुरा । डडेल्धुरामा चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैतडीको मेलौली नगरपालिका–९ रोकटाका २२ वर्षीय गोरखबहादुर चन्द रहेका छन् ।

चन्दले डडेल्धुराको भागेश्वर गाउँपालिका–३ तल्लो चौराहा लामिकाण्डेका हिक्मतसिंह खड्काको आशिष एण्ड आरुष किराना पसलमा चैत ११ गते चोरी गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी करबिर ऐरले जानकारी दिए ।

चन्दले पसलको मूलढोकामा लगाएको ताला तोडफोड गरि नगद ४८ हजार र अन्य खुद्रा सर–सामानसहित ९५ हजार ५ सय बराबरको चोरी गरी फरार थिए ।

प्रहरीले उनलाई चैत १६ गते पक्राउ गरेको हो । उनीमाथि डडेल्धुरा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई थप अनुसन्धान भइरहेको छ ।

चन्द चोरी सम्बन्धी कसुरमा २ वर्ष कैद भुक्तान गरि डडेल्धुरा जिल्ला कारागारबाट चैत ११ गते छुटेका थिए । उनले छुटेकै दिन फेरि चोरी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖