• Saturday 17th of October 2026

बीभत्स अवस्थामा महिलाको शव भेटियो, हत्या भएको आशंका


  • धनकुटा खबर
  • .

सर्लाहीको बागमती नगरपालिका–४, जिरायतमा एक वृद्धाको शव फेला परेको छ। वृद्धको हत्या भएको आशंका प्रहरीले गरेको छ।

जिरायत निवासी वैजु महतोकी ७० वर्षीया श्रीमती पार्वतीदेवी महतोको मंगलबार साँझ घरमै शव भेटिएको हो।

साँझ करिब ६ बजे आफ्नै घरमा बीभत्स अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनिल गिरीले वृद्धको शव भेटिएपनि थप अनुसन्धान बाँकी रहेको बताए।

उनले वृद्धाको हत्या भएको आशंका व्यक्त गरे। घटनामा संलग्न भएको आशंकामा एक युवक पक्राउ परेका र बिहीबार जिल्ला प्रहरी कार्यालय मलंगवामा पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जानकारी उनले दिए।

स्थानीयका अनुसार नजिकै रहेको सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्न भएको आशंकामा २८ वर्षीय ती युवकलाई प्रहरीले पक्राउ गरेको हो।

मृतक महिलाको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पताल लगिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖