• Saturday 17th of October 2026

‘अर्कै व्यक्ति’सँग लागेको आशंकामा श्रीमानले गरे श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

झापा — झापाको बाह्रदशी गाउँपालिका—१ मा बिहीबार बिहान श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।

बिहान ६ः३० बजेको समयमा बाह्रदशी १ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ वर्षीया ममसरीको हत्या गरेका हुन्।

घटनापछि खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए। उनी बिदामा चार दिनअघि मात्र घर आएका थिए।

श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा विवाद भई राजवंशीले खुकुरी प्रहार गरेको हुनसक्ने आशङ्का गरिएको छ।

मृतक दिव्य ज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖