• Saturday 17th of October 2026

सुनको मूल्यमा नयाँ कीर्तिमान, आज कतिमा हुँदैछ कारोबार ?


  • धनकुटा खबर
  • .

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला एक हजारले वृद्धि भई हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ३३ हजारमा कारोबार भएको छापावाला सुन आज एक हजारले बढेर एक लाख ३४ हजार बराबरको मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन बुधबार प्रतितोला एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३३ तीन सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

चाँदीको मूल्य पनि तोलामा ४० ले वृद्धि भएको छ ।

बुधबार प्रतितोला एक हजार छ सय १० मा कारोबार भएकामा आजका लागि भने एक हजार छ सय ५० बराबरको मूल्य निर्धारण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖