• Saturday 17th of October 2026

बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरका कर्मचारी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं — मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो।

उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौँ कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ। झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै सस्मित पोखरेलले बुधबार प्रहरीमा जाहेरी दिएका थिए।

सामाजिक सञ्जालमा लेखेको आरोप लागेका पौडेल २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए। उनी पुस १६ मा निलम्बनमा परेका थिए।

पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ लेखेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖