• Saturday 17th of October 2026

एसीको पाइप विष्फोट हुँदा अस्पतालमा भागदौड


  • धनकुटा खबर
  • .

काठमाडौँ । महराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एसीको पाइप विस्फोट भएर ठुलो आवाज सुनिएको छ ।

आवाज आएसँगै बिरामीका आफन्तहरूको भिड जम्मा भएको छ ।

कार्डियाक सेन्टरको भवनमा एयरकन्डिसनर (एसी)को पाइप विस्फोट भएर आवाज सुनिएको प्रहरी वृत्त महाराजगन्जका डीएसपी अमर थापाले जानकारी दिए ।

उनले भने– ‘मानवीय र भौतिक क्षति भएको छैन ।’ अस्पताल प्रशासनले विस्फोट भएको एसी मर्मत गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖