• Saturday 17th of October 2026

नर्सिङ पढ्दै गरेकी १९ वर्षीया युवतीले ५ तलाबाट हाम फालिन्


  • धनकुटा खबर
  • .

काठमाडौ । च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन् ।

दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिए । घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी र उनको अवस्थामा गम्भीर भएकोले उपचारार्थ काठमाडौं लगिएको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी थिइन्। अवस्था गम्भीर रहेकोले काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖