• Saturday 17th of October 2026

छात्रावासको पांचौ तलाबाट हाम फालेकी किशोरीको मृत्यु


  • धनकुटा खबर
  • .

दोलखा । छात्राबासकाे पाँचौ तलाबाट फाल हालेकी चरिकोटकाे च्छाे-राेल्पा नर्सिङ क्याम्पसमा अध्ययनरत किशाेरीकाे मृत्यु भएकाे छ ।

बिहीबार बेलुकी छात्रावासकाे पाँचाैं तलाबाट फाल हालेर गम्भीर घाइते भएकी कास्की, पाेखरा महानगरपालिका -१० रामबजारकी १८ वर्षीया करूणा अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

केही समयदेखि मानसिक स्वास्थ्य समस्यामा परेपछि उनले औषधिसमेत सेवन गरिरहेको खुलेको प्रारम्भिक अनुसन्धानले देखाएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नर्सिङ पहिलाे वर्षमा अध्ययन गरिरहेकी उनी बुधबार मात्रै बिदा सकेर घरबाट अध्ययनका लागि चरिकाेट आएकी थिइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖