• Saturday 17th of October 2026

खाना पकाउने क्रममा यसरी भयो आगलागी


  • धनकुटा खबर
  • .

रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।

स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी छ लाख ५० हजार बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖