• Saturday 17th of October 2026

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पोखरा पुगेपछि…


  • धनकुटा खबर
  • .

काठमाडौं। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पोखरा पुगेको छ। उडिरहेको जहाजमा प्राविधिक समस्या आएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेको हो।

श्रीको २२२ जहाज बिहान १० बजे धनगढीबाट काठमाडौंका लागि उडेको थियो। जहाजमा प्राविधिक समस्या देखिएपछि डाइभर्ट गरेर पोखरा विमानस्थलमा आपतकालीन अवतरण गरिएको जनाएको छ।

श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले इन्डिकेटरमा समस्या देखिएका कारण काठमाडौं उडेको जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गरिएको बताए। अहिले जहाजको चेकजाँच भइसकेको र उडान भर्न तयार रहेको उनले बताए।

धनगढीबाट बिहान ९ः१५ बजे उड्ने भनिएको जहाज १० बजे उडेको थियो। सामान्य प्राविधिक समस्या देखिएकाले पोखरा डाइभर्ट गर्नुपरेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖