• Saturday 17th of October 2026

२ जना मृत अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । धनुसा र चितवनमा दुई जना मृतावस्थामा फेला परेका छन् ।

धनुषाको जनकपुर उपमहानगरपालिका-८ बलुवा टोलस्थित निर्माणाधिन घरको सेफ्टि ट्याङकीभित्र सोही घरमा काम गर्ने महोत्तरी लोहरपट्टि नगरपालिका-४ खुट्टा बस्ने ४० वर्षीय हरी साह शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका-१६ काभ्रेघाटस्थित नारायणी नदी किनारमा सोही ठाउँ बस्ने ५६ वर्षीय लिला परियार शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖