• Saturday 17th of October 2026

हात्तिवनस्थित कारखानामा आगलागी, एकजनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत २४ । ललितपुर महानगरपालिका वडा नम्वर-२३ हातिवनस्थित एउटा कारखानामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

कृष्ण लोच्छे र भिम लोच्छेले संचालन गरेको सिगम मेटल ईण्डष्ट्रिजमा आज बिहान आगलागी हुँदा सोफामुनि सुतेको अवस्थामा अन्दाजी बर्ष ४५ को राजु ठकुरीको जलेर मृत्यु भएको हो ।

बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको भनाइ छ । सो आगो ललितपुर महानगरका तीन वटा दमकलले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖