• Saturday 17th of October 2026

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने १३ जना पक्राउ


  • धनकुटा खबर
  • .

बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न अवरोध गरेपछि प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान फोहोर बोकेर गएका टिपरहरूलाई रोकपछि बञ्चरेडाँडाबाट १३ जनालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ परेकाहरूलाई बालाजु वृत्तमा राखिएको छ।
उनीहरूलाई काठमाडौंबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।

बन्चरेडाँडामा फोहोर फाल्न अवरोध गर्ने सूचना पाएपछि बालाजु वृत्तको प्रहरी टोली र काठमाडौं महानगरको टोली पनि बञ्चरेडाँडा पुगेको थियो।

त्यहाँ प्रदर्शन गर्नेहरूलाई काठमाडौंकै टोलीले नियन्त्रणमा लिएर गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डिएसपी तिलक भारतीले जानकारी दिए।

‘त्यो काठमाडौंकै विषय भएकाले उहाँहरू आउनुभएको थियो। अवरोध गर्नेहरुलाई उहाँहरूले नै लिएर जानुभयो,’ डिएसपी भण्डारीले भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖