• Saturday 17th of October 2026

श्रीमानले गरे श्रीमतीको हत्या


  • धनकुटा खबर
  • .

तनहुँ, चैत २५ । तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् ।

३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

श्रीमतीलाई हत्या गर्ने कुमाललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

घटनाको कारण बारे अनुसन्धानपछि मात्र भन्न सकिने तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖