• Saturday 17th of October 2026

को रहेछन् त मेटल उद्योगमा जलेर मृत्यु भएका व्यक्ति ? परिचय खुल्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ ।

मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो । आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए । उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन ।

तर पछि मृतकका आफन्तले शव सनाखत गरेको ललितपुर प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖