• Saturday 17th of October 2026

काठमाडौं जादै गरेको टाटासुमो दुर्घटना, एकै परिवारका तीन जना…


  • धनकुटा खबर
  • .

काठमाडौं । रामेछापमा टाटासुमो दुर्घटना हुँदा तीन यात्रु घाइते भएका छन् भने एक जनाको अवस्था गम्भिर रहेको छ । खाँडादेवी गाउँपालिका ९ पिङ्गखुरीबाट आइतबार बिहान काठमाडौंको लागि छुटेको ना १ ज ५६२६ नम्बरको टाटासुमो दुर्घटना हुँदा गाडीमा सवार तीन जना यात्रु घाइते भएका हुन् ।

घाइते भएका मध्ये एक जनाको अवस्था गम्भिर रहेको छ । खाँडादेवीको पिङखुरीबाट काठमाडौं जादै गरेको उक्त गाडी सोही गाउँपालिकाको वडा नम्बर ८ भदौरेमा दुर्घटना भएको हो । दुर्घटनामा परी एकै परिवारका तीन जना घाइते भएका छन् ।

गाडी दुर्घटनामा घाइते हुनेहरुमा २४ वर्षीय दिपेन्द्र भण्डारी, १६ वर्षीया एलिसा भण्डारी र १४ वर्षीया एमुना भण्डारी रहेका छन् । घाइते मध्ये दिपेन्द्र भण्डारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनलाई उपचारको लागी ललितपुरको बिएण्डबी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परेका एलिसा र एमुनाको अवस्था सामान्य रहेको छ । घटनापछि गाडी चालक वर्ष २२ का विष्णु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडी अनियन्त्रीत भई सडकबाट करिब ३५ मिटर तल भिरमा खसेको छ । घटनाको बारे प्रहरीेले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖