• Saturday 17th of October 2026

पेस्तोल देखाएर नकाबधारीले दिउंसै लुटे १५ लाख ५० हजार रुपैयाँ


  • धनकुटा खबर
  • .

सिराहा । सिराहा सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय नजिकै रहेको पेट्रोल पम्प अगाडिबाट १५ लाख ५० हजार रुपैयाँ लुटपाट भएको छ । आइतबार सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको हो ।

विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले पैसा बोकेर सिरहाबाट विष्णुपुर गइरहेका थिए । पेट्रोल पम्प क्रस हुनै लाग्दा साढे ११ बजेको समयमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै पैसा लुटेको यादवले बताए । लुटेरा समूह फरार भएका छन् ।

उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले बताए ।-विनय आजाद/कान्तिपुर टिभी

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖