• Saturday 17th of October 2026

यसरी भासियो जोमसोममा सडक,सयौं सवारी साधन अलपत्र


  • धनकुटा खबर
  • .

जोमसोम : जोमसोममा आइतबार बिहान सडक भासिंदा सयौं सवारी साधन अलपत्र परेका छन्। गौरवको सडक अन्तर्गत बेनी-जोमसोम ७६ किमी सडकको चौथो खण्ड खन्तीदेखि जोमसोम पक्की पुलसम्मको दुरीमा पर्ने घरपझोङ-४ मुस्ताङ अस्पताल नजिकको सडक भासिएको हो।

बेनी-जोमसोम-कोरला सडक आयोजनासँग २०७४ सालमा ठेक्का सम्झौता भएको खन्ती-जोमसोम १६ किमी सडक अन्तर्गत ८ महिनाअघि करिव १ सय मिटर सडक भासिएको थियो। त्यहाँ कालिगण्डकी नदीदेखि करिव ५० मिटरतलबाटै सडक भासिएको थियो। भासिएको स्थानमा एकतर्फी रुपमा सवारी आउजाउ गर्ने गरी सडक बेस बनाइएकोमा सोही स्थानमा फेरि सडक भासिएको हो।

चैते दसैं औंसी तीथिमा दिवंगत पितृको नाममा श्राद्ध गर्ने, तर्पण दिने र मुक्तिनाथ दर्शन गर्न आएका हजारौं तीर्थयात्री अहिले जोमसोममा अलपत्र परेका छन्। सवारी आवागमन बन्द हुँदा पुथाङ एअरपोर्टदेखि जोमसोम बसपार्कसम्मको दुरीमा सयौं सवारी रोएिकर गन्तव्यमा पुग्न सकेका छैनन्।

nullयसअघि जोमसोममा भासिएको सडक यथाशीघ्र निर्माण गरी सडक स्तरोन्नति गर्नुपर्ने भन्दै सरोकारवाला समक्ष ध्यानआर्कर्षण गराए पनि निर्माण कम्पनीको चरम लापारवाही र ढिलासुस्तीले स्तरोन्नति हुन सकेको थिएन।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जोमसोममा सडक भासिएर सडक अवरुद्ध भएको भन्दै उनले अहिले भासिएको सडकमा काम चलाउन माटो फिलिङ गरी सडक खुलाउने प्रयास भइरहेको बताए।

भासिएको सडकमा निर्माण कम्पनीले पर्यटकीय सिजनका बेला सडक बनाउन थालेपछि त्यसको भाईब्रेसनले सडक झन जोखिममा परेको हो। निर्माण कम्पनीको लापारवाहीले सडकसँगै त्यहाँ रहेका केही घरहरुसमेत जोखिममा परेका स्थानीयले बताए।

राष्ट्रिय गौरवको बेनी—जोमसोम ७६ किमी सडकको चौथो खण्ड पप्पुगौरी पार्वती कोशी एण्ड न्यौपानेले ७० करोड ५२ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो।-सुन्दरकुमार थकाली/अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖