• Saturday 17th of October 2026

यिनै हुन् क्यानडामा सवारी दुर्घटनामा परि निधन भएकी प्रिङ्ङ्का


  • धनकुटा खबर
  • .

काठमाडौ । उच्च शिक्षा अध्ययनको लागि क्यानडा गएकी बझाङकी प्रिङ्ङ्का सिंहको अल्पआयुमा अकल्पनीय निधन भएको छ ।

गत फागुन ५ गते क्यानडामा दुर्घटनामा परी असमायिक निधन भएपछि उनको शव नेपाल ल्याइयो । २५ गते दिउँसो १२ बजे पशुपतिनाथ मन्दिरस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले बतायो ।

प्रिङ्ङ्का सिंह नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय समितिका पूर्व सदस्य एवम् बझाङका शिक्षक ममता शाहकी छोरी हुन् । उनी उच्च शिक्षा अध्ययनका लागि क्यानडामा रहेकी थिइन् ।

सिंहको दुर्घटनामा परी मितिः २०८० चैत्र ५ गते भएको निधनको खबरले हामी स्तवब्ध भएका छौं । दिवंगत प्रेङ्ङ्काप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै यस दुःखद् घडीमा शोकाकुल सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले शोक वक्तव्यमा समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖