• Saturday 17th of October 2026

बढ्यो प्याजको भाउ, चाइनिज लसुन पनि महंगो


  • धनकुटा खबर
  • .

काठमाडौं। कालिमाटी फलफूल तथा तकारी बजारमा प्याजको थोक मूल्य बढेको छ।

आइतबार प्रतिकेजी औसत ६७ रुपैयाँ ६७ पैसा रहेको प्याजको मूल्य सोमबार प्रतिकेजी औसत ७२ रुपैयाँ ५० पैसा पुगेको छ।

आइतबारको तुलनामा करिब ५ रुपैयाँ प्रतिकेजीका दरले बढेको कालिमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले जानकारी दिएको छ। समितिका अनुसार कालिमाटी बजारमा सुकेको सबै प्याज भारतबाटै आयात भइरहेको छ।

त्यस्तै काकलिमाटीमा चाइनिज लसुन पनि तुलनात्मक रुपमा महंगो रहेको समितिले जानकारी दिएको छ। समितिका अनुसार नेपाली सुकेको लसुनको थोक मूल्य प्रतिकेजी १५० रुपैयाँका दरले रहेकोमा चिनियाँ सुकेको लसुनको थोक मूल्य औसत २६५ रुपैयाँका दरले रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖