• Saturday 17th of October 2026

एउटै कोठामा दिदिबहिनी झुन्डिएको अवस्थामा मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौ । कैलालीको घोडाघोडी नगरपालिका- १० ठेबारस्थित एक घरमा दिदीबहिनी मृत फेला परेका छन् ।

मंगलबार बिहान करिब ७ बजे टिनले छाएको काठको दुई तले कच्ची घरको तल्लो कोठामा दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक २७ वर्षीया सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्द्रा छन् । प्रहरीका अनुसार उनीहरू दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उक्त खबरपछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖