• Saturday 17th of October 2026

नेपालमा प्रथम कलेजो प्रत्यारोपण गरिएका नागाको निधन


  • धनकुटा खबर
  • .

भक्तपुर । नेपालमा पहिलोपल्ट सफलतापूर्वक कलेजो प्रत्यारोपण गरिएका बलराम नागाको आइतबार आकस्मिक निधन भएको छ ।

भक्तपुर नपा वडा नं. ४ का स्थानीय गपलीमा बस्ने नागाको कलेजोको अधिकांश भाग नष्ट वा बिग्रिसकेको अवस्थामा २०७४ सालमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा उहाँकै आफ्नी कान्छी दिदी सानुमाया लागेको कलेजो झिकेर प्रत्यारोपण गरिएको थियो ।

जिम क्लबमा अभ्यास गरी फर्केका नागा राममन्दिरको बाटो हिँड्दा हिँड्दै उकालोमा अकस्मात् छाती दुखेर ढलेपछि उहाँको तत्कालै मृत्यु भएको हो । बुबा नारायणभक्त नागा र आमा हरिमाया नागाका कान्छो पुत्रको रूपमा रहेका नागाका श्रीमती, एक छोरा र एक छोरी छन् ।

मानव अङ्ग प्रत्यारोपण केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठका अनुसार उनको मृत्यु हृदयघातबाट भएको जानकारी गराइएको छ । मृतक बलराम नागाले केही वर्षदेखि रङ्गरोगनको व्यवसाय गर्दै आउनुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖