• Saturday 17th of October 2026

सशस्त्रका ‘रिटार्यड’ वरिष्ठ हवल्दार मृत फेला


  • धनकुटा खबर
  • .

कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व कर्मचारी मृत भेटिएका छन् ।

मंगलवार सशस्त्रका पूर्व प्रहरी वरिष्ठ हवल्दार गणेश भाट मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार वेदकोट नगरपालिका–४ का भाट घरमै मृत अवस्थामा भेटिएका थिए।

सशस्त्रबाट रिटार्यड भएका उनी केही समय अगाडिदेखि उपचारका लागि भारतमा थिए ।

हालै भारतबाट फर्किएका उनी मंगलवार मृत फेला परेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖