• Saturday 17th of October 2026

बस दुर्घटना हुँदा १२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

भारतको छत्तिसगढमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। छत्तिसगढको दुर्ग जिल्लामा मङ्गलवार राति कामदार सवार बस खाल्डोमा खस्दा दुर्घटना भएको हो। दुर्घटनामा अन्य २० जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार डिस्टलरी उद्योगमा काम गर्ने कामदारलाई लिएर फर्किदै गरेको बस माटो खनेर बनेको खाल्डोमा खस्दा दुर्घटना भएको हो।

बसमा ४० जना कामदार सवार रहेको प्रहरीले बताएको छ। दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖