• Saturday 17th of October 2026

१० वर्षपछि मंगल र शुक्रको संयोगले ‘धनशक्ति राजयोग’ बन्ने


  • धनकुटा खबर
  • .

वैदिक ज्योतिष शास्त्र अनुसार ग्रहहरुले निश्चित अन्तरालमा राशि परिवर्तन गरी शुभ र राजयोगको निर्माण गर्दछ, जसको प्रभाव मानव जीवन तथा देश तथा विश्वमा देखिन्छ ।

फेब्रुअरीको सुरुवातमा शुक्र र मङ्गल ग्रह मकर राशिमा प्रवेश गर्न लागेकाले शुक्र र मंगलको संयोगले धनशक्ति राजयोगको निर्माण हुनेछ। यस राजयोगको निर्माणले केही राशिहरुका लागि सुखद् दिन सुरु हुन् सक्छ। साथै धन-दौलतमा पनि अथाह वृद्धि हुनसक्छ।

धनु राशि : धनशक्ति राजयोग तपाईको लागि लाभदायक साबित हुन सक्छ। किनकी शुक्र र मंगलको संयोग तपाईको राशिको धन र वाणीको भावमा बन्न लागेको छ । तसर्थ, यस समयमा तपाईका लागि अचानक धनलाभको सम्भावना छ। यस बाहेक, तपाईको लागि आर्थिक लाभको राम्रो सम्भावना छ र तपाईले आफ्नो जीवनसाथीबाट सबै प्रकारको सहयोग पनि पाउनुहुनेछ। यस समयमा तपाईको आर्थिक स्थितिमा सुधार आउनेछ। साथै, यो योगको कारणले गर्दा तपाईले आफ्नो करियरमा सकारात्मक परिणाम देख्नुहुनेछ र तपाईलाई अचानक कतैबाट धन प्राप्तिको खबर प्राप्त हुन सक्छ। तपाईंको व्यक्तित्वमा सुधार हुनेछ। साथै तपाईको सञ्चार पनि राम्रो हुनेछ।

मेष राशि : मेष राशिका व्यक्तिहरुका लागि धनशक्ति राजयोग शुभ साबित हुन सक्छ । किनकी तपाईको राशिको कर्म भावमा मंगल र शुक्रको संयोग बन्न लागेको छ । तसर्थ, यस समयमा तपाईले काम र व्यापारमा ठूलो सफलता पाउन सक्नुहुन्छ। साथै आम्दानीका नयाँ श्रोतहरु सृजना हुनेछन् । बेरोजगारहरूलाई कतैबाट राम्रो कामको लागि प्रस्ताव आउन सक्छ। साथै, जो व्यवसायी वर्गका व्यक्तिहरूले राम्रो आर्थिक लाभ प्राप्त गर्न सक्छन्। व्यवसाय विस्तार गर्न सकिन्छ। यस समयमा पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। बुवासँग पनि राम्रो सम्बन्ध रहनेछ।

वृष राशि : धनशक्ति राजयोग तपाईको लागि अनुकूल साबित हुन सक्छ। किनकी शुक्र र मंगलको संयोग तपाईको राशिबाट नवौं भावमा बन्न लागेको छ ।

त्यसैले यस समयमा तपाईको भाग्य चम्कन सक्छ। साथै, तपाईको योजनाबद्ध रणनीतिहरू सफल हुनेछन्। पारिवारिक वातावरण पनि सुखद रहनेछ। यस बीचमा तपाईले आफ्ना छोराछोरीबाट केही राम्रो समाचार पनि पाउन सक्नुहुन्छ। तपाई कुनै धार्मिक वा शुभ कार्यक्रममा पनि सहभागी हुन सक्नुहुन्छ। साथै, तपाई काम-व्यवसाय सम्बन्धित कारणले देश भित्र र विदेश यात्रा गर्न सक्नुहुन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖