• Saturday 17th of October 2026

खाजा घरमा नाबालिगलाई वेश्यावृत्तिमा लगाएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । नाबालिगलाई वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएर काठमाडौँको तारकेश्वर बस्ने मुनु गुरुङ छिन् ।

२६ वर्षीया गुरुङलाई तारकेश्वर नगरपालिकाको हिलेटोलबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी ज्ञानेन्द्र फुयाँलले रातोपाटीलाई बताए । तारकेश्वर नगरपालिका–११ स्थित हिलेटोलमा युना खाजाघर सञ्चालन गरेर उनले वेश्यावृत्ति गराएको आरोप छ ।

खाजा घरबाट दुई जना नाबालिगसहित ७ जनालाई प्रहरीले उद्धार गरेको छ । आरोपीविरुद्ध ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी फुयाँलले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖