• Saturday 17th of October 2026

पार्किङ गरि राखेको स्कुटरको डिक्कीबाट ११ लाख रुपैँया चोरी


  • धनकुटा खबर
  • .

चितवन :नारायणगढमा स्कुटरको डिकीबाट ११ लाख रुपैयाँ चोरी भएको छ ।

गत आइतबार दिउँसो भरतपुर महानगरपालिका–३ नारायणगढको नेपाल इन्भेष्टमेन्ट बैँक अगाडि पार्किङमा राखिएको ना ४१ प ५३१६ नम्बरको स्कुटरको डिकीबाट सो रकम चोरिएको हो ।

चितवन प्रहरीका अनुसार स्कुटरको डिकीभित्र पछाडि भिर्ने कालो झोलामा रहेको एघार लाख रुपैयाँ हराएपछि स्कुटर धनी भरतपुर–१० का महेशबाबु खनालले प्रहरीलाई जानकारी गराएका थिए । सीसीटीभी फुटेजसमेत हेरी आवश्यक खोजतलास भइरहेको चितवन प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले सीसीटीभी फुटेजमा पैसा निकालेको देखिएको तर को मानिसले चोरी गरेको हो भन्ने छानबिन भइरहेको बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖