• Sunday 18th of October 2026

नयाँ वर्षको पहिलो दिन : कस्तो रहला देशभरको मौसम ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । आज वर्ष १०८१ को पहिलो दिन । नेपालीहरूले शुभकामना आदानप्रदान तथा घुमफिर गरेर नयाँ वर्ष मनाइरहेका छन् । टाढा टाढाको यात्रा तय गरेकाहरू मौसमले भने चुनौती दिने देखिएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान कोशी, बागमती र मधेस प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया आंशिकदेखि सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार भने कोशी र कर्णाली प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖