• Sunday 18th of October 2026

गौरबाट ११ लाख बढी रुपैया सहित जैसवाल पक्राउ


  • धनकुटा खबर
  • .

रौतहट १ वैशाख। भारतीय सीमामा संगै जोडिएको रौतहटको सदरमुकाम गौर बाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैया सहित एकजना मानिस लाई प्रहरीले पक्राउ गरेको छ।

 

गौर नगरपालिका १ स्थित शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका ५६ वर्षीय बीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैया सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी  प्रवक्ता डिएस्पी एलिजा गिरी ले बताईन्। साईकल चढेर आएका जैसवालले बोकेको झोला भित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

गौरसँगै भारतीय बजार बैरगनिया जोडिएको हुँदा त्यहाँ पछिल्लो समय हुण्डी कारोबार बढ्दै गएको स्थानीयहरूले बताएका छन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖