• Sunday 18th of October 2026

पाँचजना मृत फेला


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । मोरङको ग्रामथान गाउँपालिका-६ बस्ने ६० वर्षीय बेदलु माझी सोही ठाउँस्थित आफ्नै खेतमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।

यसैगरी दाङको शान्तिनगर गाउँपालिका-२ छोटे बस्ने ७२ वर्षीया हस्तकला घर्ती सोही ठाउँस्थित अमुवा खोलामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उता इलामको इलाम नगरपालिका-९ शेरास्थित सिंहबाहिनी खोल्सामा सोही नगरपालिका-७ बस्ने पाँचथर मिक्कालुङ गाउँपालिका-४ घर भएका ५५ वर्षीय भुवानी राई शनिबार मृत अवस्थामा फेला परेका छन् । बाँकेको राप्तिसोनारी गाउँपालिका-८ पेडारी बस्ने ५८ वर्षीय प्रेम बिक आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका-२ मथारस्थित कुनाटार जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖