• Sunday 18th of October 2026

धारिलो हतियार प्रहार गरी महिलाको हत्या


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

पहिचान खुल्ल नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव गहुँ खेतमा फेला परेको हो । स्थानीयका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको देखिन्छ ।

महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको छ । तर प्रहरी अहिलेसम्म घटनास्थल पुग्न सकेको छैन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖