• Sunday 18th of October 2026

बुद्धचित्तको रुख काटेको घटनामा सोधपुछका लागि थप १ जना नियन्त्रणमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–५ सिपालीस्थित बुद्धचित्तको मालाको रुख काटेको घटना अनुसन्धान गर्न प्रहरीले थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

काभ्रे घर भएका दुर्गालाल तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

चैत २९ मा राति अज्ञात समूहले ३ करोड मूल्यमा ठेक्का लागेको रुख काटेर फरार भएका थिए । शुक्रवार प्रहरीले काठमाडौँको शंखमुलबाट काभ्रेका मानबहादुर तामाङलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा रहेका दुवै जना गत वर्ष सो माला किन्ने ठेकेदार हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖