• Sunday 18th of October 2026

वाइवाई चाउचाउले सर्वसाधारणलाई मालिक बनाउदै, आइपीओ जारी गर्ने तयारी


  • धनकुटा खबर
  • .

काठमाडौं। लोकप्रिय चाउचाउ वाइवाईले सर्वसाधारणका लागि प्राथमिक सेयर(आइपीओ) जारी गर्ने भएको छ। सर्वसाधारणलाई पनि वाइवाई चाउचाउको हिस्सेदार बनाउने प्रमुख उद्धेश्यका साथ आइपीओ जारी गर्न लागेको चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए।

चौधरीले सामाजिक संजाल मार्फत वाइवाईले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको उल्लेख गरेका छन्।वाइवाईले नेपाल सहित भारतमा समेत आइपिओ जारी गर्ने भएको छ। सन् २०२६ भित्र सम्पूर्ण नेपालीहरुलाई सेयर जारी गरे मालिक बनाउने अभियानमा आफुहरु लागेको उनले बताए।

यो कम्पनी डलर अर्बपति विनोद चौधरीको हो। नेपालमा सबैभन्दा लोकप्रिय यो चाउचाउ विदेशमा समेत निर्यात हुँदै आएको छ।

सीजी फुड्सले थाइल्यान्डको थाइ प्रिजर्ब्ड फुड फ्याक्ट्रीसँगको प्राविधिक सहकार्यमा सन् १९८४ देखि उद्योग सञ्चालनमा ल्याएको हो। कम्पनीमा वरुण चौधरीको चार प्रतिशत, निर्वाण चौधरीको ७६ प्रतिशत, एपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत शेयर स्वामित्व रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖