• Sunday 18th of October 2026

काठमाडौंका यी क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा लोडसेडिंग


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विजुली जाने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आजबाट वैशाख ८ गते सम्म दैनिक ६ घण्टा बिजुली जानेछ ।

प्रसारण कन्डक्टर (तार) अपग्रेडिङ आयोजनाले स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनमा मर्मत कार्य गर्न लागिएकाले बिहान ८ देखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।

सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक र सशस्त्र प्रहरी बल, प्रधान कार्यालय, हलचोक क्षेत्र, सानो भर्‍याङ, ठूलो भर्‍याङ, कामना स्कुल र अन्नपूर्ण चोक क्षेत्र ढुंगेधारा, क्लब घर र तरकारी बजार (बालाजु सबस्टेसन पछाडि) बिजुली कटौती हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖